Pura Samachar

आज भारतले ७७औँ स्वतन्त्रता दिवस मनाउँदै

प्रकाशित: August 15, 2023
पूरा समाचार

आज भारतले ७७औँ स्वतन्त्रता दिवस मनाउँदै

अगष्ट १५ अर्थात् भारतको स्वतन्त्रता दिवस।  मंगलबार भारतले ७७औँ स्वतन्त्रता दिवस मनाउँदैछ।

भारत सन् १९४७ मा अंग्रेज शासनबाट मुक्त भएको थियो। त्यसपछि नै आधुनिक भारतले स्वतन्त्र राष्ट्रका रूपमा काम गर्न थालेको हो। भारत स्वतन्त्र भएको ७६ वर्ष पूरा भएर ७७ वर्ष लागेको हो।

यो अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्ने कार्यक्रम छ। सन् २०१४ मा सत्तामा आएका मोदीको स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लामा हुने सम्बोधन यसपालि १०औँ हो।

स्वतन्त्रता दिवसको दिन सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया