Pura Samachar

साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव अभिनन्दन र सम्मानका साथ सम्पन्न

प्रकाशित: August 15, 2023
पूरा समाचार

साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव अभिनन्दन र सम्मानका साथ सम्पन्न

काठमाडौं,साउन ३० ।

साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव सम्पन्न भएको छ । सोमबार काठमाडौंमा एक विशेष समारोहबीच १३ विशिष्ट साधकहरूको अभिनन्दन र साहित्यका विभिन्न विधामा योगदान गर्ने स्रष्टाहरूलाई सम्मान गरेर सम्पन्न भएको हो । २०२९ सालमा स्थापित साहित्यिक पत्रकार सङ्घले विगत एक वर्षदेखि स्वर्ण महोत्सवको अवसर पारेर विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको थियो ।

सोमबार सम्पन्न संघको समापन समारोहमा सापस स्वर्ण महोत्सव सम्मानबाट मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, के. के. कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), प्राडा सुरेन्द्र केसी, द्वारिका श्रेष्ठ, रमा शर्मा, माया ठकुरी, हिरण्यकुमारी पाठक, प्रदीप बमजन, एस.पी. कोइराला र डा. डीआर उपाध्याय अभिनन्दित हुनुभएको थियो । सो अवसरमा सर्जक गणेश रसिकलाई नेपाल–भारत साहित्य महोत्सवमा प्रदान गरिएको सम्मानपत्र पनि प्रदान गरिएको थियो ।

 

समारोहमा सापस स्वर्ण महोत्सव सम्मानबाट संघका पूर्व अध्यक्षहरू नगेन्द्रराज शर्मा, अच्युतरमण अधिकारी, विश्वविमोहन श्रेष्ठ, हेमन्त श्रेष्ठ र नरेन्द्रबहादुर श्रेष्ठ अभिनन्दित हुनु भएको थियो ।

देखिएकोमा असन्तुष्टि व्यक्त गर्दै यस्तो प्रवृत्तिको विरुद्ध सबै जाग्नुपर्ने अवस्था आएको धारणा राख्नुभयो ।

सङ्घका पूर्व सभापति विश्वविमोहन श्रेष्ठले अत्यन्त कठिन समयमा स्थापना भएको सङ्घको इतिहास सबैलाई थाहा भएको बताउँदै अब सङ्घ महासङ्घको संरचनामा जानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

सम्मानित स्रष्टा प्रमोद प्रधानले पत्रकार सङ्घले कवितायात्रा, आत्मवाचन कार्यक्रम, अभिनन्दन र सम्मान लगायतका थुप्रै सिर्जनात्मक कार्यहरू गरेको बताउँदै अब विभिन्न विधाका विभिन्न विषयमा बहस र विमर्श कार्यक्रम गर्नुपर्ने चर्चा गर्नुभयो ।

व्यथित काव्य पुरस्कारबाट पुरस्कृत कवि रमेश श्रेष्ठले पुरस्कारबाट आफूले लेखनका लागि थप ऊर्जा पाएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा अभिनन्दित वरिष्ठ सर्जक प्रदीप बमजनले गीत गाउनुभएको थियो ।

सर्जक श्रीबाबु कार्कीले सञ्चालन गर्नु भएको सो कार्यक्रममा संघका पूर्व अध्यक्ष नगेन्द्ररज शर्मा, रमा शर्मालगायतले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।

कार्यक्रममा तीन दर्जन साहित्यकारहरुलाई संघको स्वर्ण महोत्सव मायाको चिनो प्रदान गरिएको थियो । साथै स्वर्ण महोत्सवको केक पनि काटिएको थियो ।

प्रतिक्रिया