Pura Samachar

सिनामंगलबाट बरामद तस्करीको सुन मंगलबार नेपाल राष्ट्र बैंकले गालेर सकियाे

प्रकाशित: August 15, 2023
पूरा समाचार

सिनामंगलबाट बरामद तस्करीको सुन मंगलबार नेपाल राष्ट्र बैंकले गालेर सकियाे

काठमाडौं :  सिनामंगलबाट बरामद तस्करीको सुन मंगलबार नेपाल राष्ट्र बैंकले गालेर सकेको छ।

स्कुटरको ब्रेक शुमा लुकाएर ल्याइएको सुन सोमबार राष्ट्र बैंकको टक्सार महाशाखाले निकाल्ने काम गरेको थियो। महाशाखा प्रमुख थानेश्वर आचार्यका अनुसार सुन निकालेर जोख्दा ६० किलो ७८९ ग्राम भएको थियो।

पहिले ब्रेक शुसहित जोख्दा १५५ किलो भएपछि करिब एक क्विन्टल सुन रहेको अनुमान गरिएको थियो। सोमबार निकालिएको सुन मंगलबार बिहान साढे १० बजे गाल्न शुरु गरिएको थियो।

त्रिभुवन भन्सार कार्यालयबाट उम्किएको सुन राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामंगलबाट बरामद गरेको थियो।

प्रतिक्रिया