Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: August 16, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौं । साताको चौथो कारोबारको दिन सुनको मूल्य घटेको छ ।

मंगलबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजावी सुनकोे मूल्य प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन प्रतितोला एक लाख १० हजार ७५० रुपैयाँमन कारोबार भएको थियो ।

साथै, चाँदी प्रतितोला ५ रुपैयाँले घटेर आज प्रतितोला एक हजार ३७५ रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन प्रतितोला एक हजार ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया