काठमाडौं । एएफसी कप छनोटमा आज बुधबार नेपाली टोली मछिन्द्र फुटबल क्लबले भारतको मोहन बगान सुपर जायन्टविरुद्ध खेल्दैछ।
भारतको कोलकत्तामा हुने खेल नेपाली समयअनुसार बेलुका ७ः१५ बजेबाट सुरु हुनेछ
साल्ट लेक रंगशालामा हुने खेलमा जित हात पार्दै दुवै टोली एएफसी कप छनोट प्लेअफमा स्थान बनाउन चाहान्छन् ।
मछिन्द्रले काठमाडौंमा भएको पहिलो चरणमा भुटानको पारो एफसीलाई ३-२ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।
मोहन बगान भने सिधै दोस्रो चरणमा पुगेको हो ।
मछिन्द्रका लागि पहिलो खेल गुमाएका विदेशि खेलाडी मेसुके आजको खेलमा भने खेल्ने क्लबले जानकारि दिएको छ । उनी भारतको सिक्किमबाटै क्लबको प्रशिक्षणमा पुगेका थिए।
प्रतिक्रिया