Pura Samachar

सुन तस्करी प्रकरणमा थप ४ जना चिनियाँनागरिक पक्राउ

प्रकाशित: August 16, 2023
पूरा समाचार

सुन तस्करी प्रकरणमा थप ४ जना चिनियाँनागरिक पक्राउ

काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करी प्रकरणमा थप ४ जना चिनियाँ नागरिकलाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तायन नि, वीङ ताङ, वीङ साङ फा र लि नाङ काई रहेका छन् ।

प्रहरी प्रवक्ता, नायब महानिरीक्षक कुबेर कडायतले उनीहरुलाई काठमाडौँका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको थाहाखबरलाई जानकारी दिए।

उनका अनुसार पक्राउ परेका मध्ये २ जना भने नेपालबाट चीन जान लागेका बेला पक्राउ गरिएको हो । उनीमाथि आजै म्याद थप गरेर अनुसन्धान थालिने पनि उनले बताए ।

प्रतिक्रिया