Pura Samachar

प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित हुँदा कोरम नपुगेर सार्वजनिक लेखा समितिको बैठक स्थगित

प्रकाशित: August 17, 2023
पूरा समाचार

प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित हुँदा कोरम नपुगेर सार्वजनिक लेखा समितिको बैठक स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित हुँदा कोरम नपुगेर सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको समितिको बैठकमा एमाले अनुपस्थित हुँदा समितिमा कोरम नपुगेको हो । बैठक सुरु हुनका लागि २६ सदस्यमध्ये १४ जना उपस्थित हुनुपर्छ ।

एमाले सचिव तथा लेखा समिति सदस्य योगेश भट्टराईले सभापति चयन नभएसम्मका लागि बहिष्कार गर्ने घोषणा गरेका थिए । समितिको अध्यक्षता ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले गरिरहेका छन् । केसीले सकेसम्म चाँडो समितिले सभापति चयन गर्नुपर्ने बताए ।

गत वेशाख १५ मा संसदीय समिति गठन भए पनि सभापति चयन हुन सकेको छैन ।

प्रतिक्रिया