काठमाडौं । बिहीबार सेयर बजारमा बढोत्तरी देखिएको छ । लगातार घटीरहेको बजार अन्तिम कारोबार दिन भने ८ अंकले वृद्धि भएको हो ।
साताको अन्तिम कारोबार दिन बजार परिसूचक २०३३.१३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज म्युचुअल फण्डमा सामान्य गिरावट आएको छ । यस बाहेक समूहमा बढोत्तरी देखिएको छ ।
सो दिन १ अर्ब ५४ करोड १३ लाख ६७ हजार रुपैयाँ बराबरको ४० लाख ९ हजार २६३ कित्ता सेयर किनबेच भएको छ । तर, बुधवारको तुलनामा भने कारोबार रकम कम हो ।
उक्त दिन सोल्टी होटेलको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीले १३ करोड ६७ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
कारोबार रकमको आधारमा आइएमई लाइफ दोस्रो स्थानमा छ । आज कम्पनीको ७ करोड ७२ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
यस्तै, तेस्रो स्थानमा रहेको घोराही सिमेन्टको भने ५ करोड ११ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
प्रतिक्रिया