Pura Samachar

५ वटा कम्पनीलाई धितोपत्र बजार दलाल अनुमति पत्र (ब्रोकर लाइसेन्स) प्रदान

प्रकाशित: August 18, 2023
पूरा समाचार

५ वटा कम्पनीलाई धितोपत्र बजार दलाल अनुमति पत्र (ब्रोकर लाइसेन्स) प्रदान

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पछिल्लो पटक थप ५ वटा कम्पनीलाई धितोपत्र बजार दलाल अनुमति पत्र (ब्रोकर लाइसेन्स) प्रदान गरेको छ ।

बोर्डको साउन ३२ गतेको निर्णय अनुसार सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिजलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो ।

योसँगै हालसम्म नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीहरूको सङ्ख्या २२ पुगेको छ । यसअघि बोर्डले तीन पटक गरेर १७ वटा कम्पनीलाई लाइसेन्स प्रदान गरेको थियो ।

पहिलो पटक ब्रोकर लाइसेन्सका लागि खुला प्रतिस्पर्धात्मक प्रणालीमार्फत सहभागी गराएको बोर्डले ४५ वटा आवेदन प्राप्त भएको जनाएको छ । जसमध्ये आवश्यक पूर्वाधारसहित प्रक्रिया पुर्‍याएर आवेदन दिएका कम्पनीहरूलाई क्रमशः लाइसेन्स प्रदान गरिएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया