Pura Samachar

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाए

प्रकाशित: August 20, 2023
पूरा समाचार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् ।

संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई बोलाइएको छ । आइतबार साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संसद्‌मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको बालुवाटार स्रोतले जनाएको छ ।छलफलका लागि सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने बताइएको छ ।

तस्करीको सुन छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग गर्दै नेकपा एमालेले गत साउन १० गतेदेखि लगातार सदन अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया