Pura Samachar

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाए

प्रकाशित: August 21, 2023
पूरा समाचार

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाए

बिराटनगर। सभामुखले समेत मत दिएर कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। सभामुख र उपसभामुख नभएपछि प्रदेशसभामा सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीलाई समेत मत दिन लगाएर प्रदेशसभाबाट बहुमत प्राप्त गरेको घोषणा गरिएको हो। उद्धव थापाले ४७ मत पाएको र विपक्षमा ३० मत परेको निर्णय प्रदेशसभामा सुनाइएको छ।

पक्ष विपक्षमा बराबरी मत खसेको अवस्थामा मात्रै सभाअध्यक्षले निर्णायक मत दिन पाउने संवैधानिक र कानुनी व्यवस्थाको उल्लंघन गर्दै मन्सुरीको मत गणना गरेर विश्वासको मत पाएको घोषणा गरिएको हो।

प्रतिक्रिया