Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: August 22, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १० हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख नौ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने सुनको मूल्य स्थिर रहेको थियो ।

सोमबार प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार भने तोलामा २५ रुपैयाँले बढेर एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया