Pura Samachar

सीआईबीले अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई पठायाे

प्रकाशित: August 22, 2023
पूरा समाचार

सीआईबीले अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई पठायाे

काठमाडौं । ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई पठाएको छ ।

केही बेर अघि मात्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई पठाइएको सीआईबी प्रवक्ता दिनेश आचार्यले जानकारी दिए ।

सीआईबीले उक्त सरकारी जग्गा हिनामिना प्रकरणमा २ सय भन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाउन राय दिएको जनाइएको छ । त्यसमध्ये ५० को संख्यामा जग्गा फिर्ता प्रयोजनका लागि मात्र प्रतिवादी बनाउनुपर्ने सीआईबीको प्रस्तावित राय छ ।

सिआइबीले उक्त प्रतिवेदन आइतबार नै बुझाउने तयारी गरेपनि प्रतिवेदन लेखन पुरा नभएको भन्दै आज (मंगलबार) वकिलको कार्यालयमा बुझाएको हो ।

प्रतिक्रिया