काठमाडौं– राष्ट्रिय सभाको बैठकको समय परिवर्तन भएको छ ।
मंगलबार विहान संघीय संसद राष्ट्रिय सभाले सूचना जारी गर्दै संघीय संसद अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको थियो । तर संघीय संसद राष्ट्रिय सभाको बैठक विशेष कारणवश समय परिवर्तन भएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
बैठक आजै अपराह्न ३ः१४ बजे बस्ने गरी निर्धारण गरिएको छ ।
प्रतिक्रिया