चितवन— पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पृथ्वी राजमार्गको मुग्लिन नजिकै नाग्दी खोलामा शुक्रबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
मुग्लिनदेखि पूर्व काठमाडौंतर्फ इच्छाकामना गाउँपालिका–४ मा पर्ने नाग्दी खोलामा साँझ पौने ७ बजे पहिरो खसेर दुईतर्फी रूपमा नै सडक अवरुद्ध भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
पण्डितकाे भनाइमा अहिले सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो पन्छाउन सुरु गरिएकाे छ ।
प्रतिक्रिया