Pura Samachar

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज

प्रकाशित: August 27, 2023
पूरा समाचार

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आजका लागि तोकिएको छ । सो मुद्दाको अन्तिम बहस पटक–पटक स्थगित हुँदै आएको छ ।

अदालतले आइतबारका लागि पुनः अन्तिम पेशी तोकेको हो । सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।१७ वर्षकी एक किशोरीले सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।यस्तै सन्दीप सफाइ पाएको अवस्था वा मुद्दाको टुङ्गो नलागेमा आइतवार राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् ।

प्रतिक्रिया