Pura Samachar

सुनको भाउ वृद्धि

प्रकाशित: August 30, 2023
पूरा समाचार

सुनको भाउ वृद्धि

काठमाडौं । बुधवार छापावाला सुनको भाउ वृद्धि भएको छ । आज एकैदिन प्रतितोला ८०० रुपैयाँले वृद्धि बढेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन अर्थात मंगलबार १ लाख ११ हजार ७०० रुपैयाँमा छापावाला सुनको किनबेच भएको थियो ।

महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख ११ हजार ९५० रुपैयाँ तोकिएको छ ।

यस्तै, साताको चौथो कारोबार दिन चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले वृद्धि भई १ हजार ४८५ रुपैयाँ कायम भएको छ । तर, मंगलबार भने १ हजार ४६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया