Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: August 31, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौं। आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ। बुधबार तोलाको १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला १ लाख १२ हजार ८०० रुपैयाँ निर्धारण भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २५० कायम भएको छ। उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार ९५० थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँ तय भएको महासंघले जनाएको छ।

प्रतिक्रिया