काठमाडाैं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भू-भागमा अवस्थित न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहे पनि बुधबारदेखि माैसममा सामान्य सुधार हुने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र कोशी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित मुसलधारे वर्षाको समेत सम्भावना रहेको छ।
राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित मुसलधारे वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया