
काठमाडौ,१५ भदौ। पूर्वयुवराज पारस शाह मुटुको समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।
स्रोतका अनुसार उनलाई मुटुमा केही असहज भएपछि शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको हो । उनलाई भेट्न बुबा ज्ञानेन्द्र शाह,आमा कोमल शाह,पत्नी हिमानी शाह अस्पताल पुगेका छन् ।
अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार पारसको स्वास्थ्य अवस्था हाल सामान्य छ । तर मुटुमा यसअघि पनि समस्या देखिएको र आईसीडी राखिएकोले २४ घन्टा सुपरिवेक्षणका लागि भर्ना गर्ने निर्णय लिइएको हो ।
प्रतिक्रिया