काठमाडौं । दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खला अष्ट्रेलियाले हात पारेको छ । गएराति डरबानमा भएको दोस्रो खेल ८ विकेटले जितेसँगै एक खेल बाँकी छँदै अष्ट्रेलियाले शृङ्खला जितेको हो ।
दक्षिण अफ्रिकाले दिएको १ सय ६५ रनको लक्ष्य अष्ट्रेलियाले ३१ बल बाँकी छँदै जम्मा २ विकेट गुमाएर भेट्टायो ।
तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ । अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच पाँच खेलको एकदिवसीय शृङ्खला हुँदैछ ।
प्रतिक्रिया