काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकारविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ आज हुँदैछ । न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासले रिटमाथि बहस बाँकी रहेकाले हेर्दाहेर्दैमा राखेको हो ।
सोमबारदेखि रिट निवेदनमाथि पूर्ण इजलासमा सुनुवाइ सुरू भएको हो। रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, रवि नारायण खनाल लगायतले बहस गरेका थिए । आज प्रतिवादी कोशी प्रदेश सरकार पक्षको बहस हुनेछ ।
प्रतिक्रिया