काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानको उत्तरतिर अवस्थित र पूर्वी भू-भागमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
नेपालको मौसम प्रणालीमा बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।
प्रतिक्रिया