काठमाडौं : एसिया या कप क्रिकेटको समूहचरणबाटै बाहिरिएको नेपाली टोली बुधबार स्वदेश फर्कदैछ। टोली बुधबार (आज) मध्यान्ह १२ बजेर ३५ मिनेटमा नेपाल आईपुग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
समूह ए मा रहेको नेपाल पाकिस्तान र भारत दुबैसँग पराजित हुँदै एसिया कपको समूहचरणबाटै बाहिरिएको छ।
पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रन तथा दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो। एसिया कप क्रिकेटका लागि नेपाली टोली पाकिस्तानको कराँची हुँदै मुल्तान र त्यहाँबाट श्रीलंकाको क्याण्डिसम्म पुगेको थियो।
पकिस्तान र भारतजस्ता विश्व क्रिकेटकै महारथी सँग खेल्न पाउनु ठूलो अवसर भएको कप्तान रोहित पौडेलले बताए। मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा उनले एसिया कपबाट आफूहरुले ठूलो अवसर पाएको बताउँदै एशिया कपबाट सुरु भएको यात्रा आगामी दिनमा झन् मजबुद तवरले जारी रहने लेखेका छन्।
ब्याटिङ जमे पनि नेपाली बलिङ भने भारतीय विस्फोटक ब्याट्स्म्यानको अगाडी केही सीप चलेन। बलरहरुका लागि विकेट त परै जाओस् किफायती रन दिन पनि हम्मे–हम्मे प¥यो । पाकिस्तानी बलरसँग र ब्याटरसँग पनि नेपाली खेलाडी निराश भए।
नेपालका लागि आशिफ शेख,सोमपाल कामी, कुशल भुर्तेल , गुल्सन झाले महत्वपूर्ण भूमिका निर्वाह गरे। सन्दीप लामिछानेले यो खेलमा सोचे अनुसार प्रर्दशन गर्न सकेनन्। कामीले भने पाकिस्तान विरुद्ध २ विकेट झारेका थिए।
लगातार २ खेल हार्दै नेपालले दुई शक्ति राष्ट्रसँग अनुभव बटुलेर समूहचरणबाटै बाहिरिँदा शिर्ष वरियताको पाकिस्तान र तेस्रो वरियताको भारत सुपर फोरमा पुगेका छन्।
प्रतिक्रिया