Pura Samachar

नेपाल सरकारले संघ, प्रदेश आयोग, स्थानीय तहमा कार्यरत ५८ सहसचिवको सरुवा

प्रकाशित: September 6, 2023
पूरा समाचार

नेपाल सरकारले संघ, प्रदेश आयोग, स्थानीय तहमा कार्यरत ५८ सहसचिवको सरुवा

काठमाडौँ : नेपाल सरकारले संघ, प्रदेश आयोग, स्थानीय तहमा कार्यरत ५८ सहसचिवको सरुवा गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव बलराम रिज्याल र हेमराज तामाङकाे गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयको सचिव र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ।

आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव डा नारायणप्रसाद रेग्मी, राष्ट्रिय योजना आयोगका सहसचिव सुमन दाहाल, गृह मन्त्रालयअन्तरगत कार्यरत सहसचिव सुशिल वैद्य र झलकराम अधिकारी तथा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशका सचिव तुलसीराम भट्टराईलाई उक्त मन्त्रालयमा ल्याइएको छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयमा, सहरी विकास मन्त्रालयमातहतका रवीन्द्र बोहरालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा, शहरी मन्त्रालयका प्रदीप परियारलाई योजना आयोगमा पठाइएको छ।

कम्पनी रजिष्ट्रारको कार्यालयका महेश बराललाई योजना आयोगमा र लोकसेवा आयोगका प्रदीप कोइरालालाई वन तथा वातावरण मन्त्रालय सरुवा गरिएको छ।

वाग्मती प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव महेश आचार्यलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। गृहका शिवराम न्यौपानेलाई लोकसेवा आयोग पठाइएको छ। योजना आयोगका प्रकाश दाहाललाई बागमतीको आर्थिक मामिला मन्त्रालयको सचिवमा सरुवा गरिएको छ।

बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालयमा रहेका शिवराम गेलाललाई गृह मन्त्रालय सरुवा गरिएको छ। वाग्मती प्रदेश प्रमुखको कार्यालयमा रहेका ओमबहादुर खड्कालाई नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरिएकाे छ।

प्रतिक्रिया