Pura Samachar

अफगानिस्तानलाई २ रनले हराउँदै श्रीलंका सुपर फोरमा

प्रकाशित: September 6, 2023
पूरा समाचार

अफगानिस्तानलाई २ रनले हराउँदै श्रीलंका सुपर फोरमा

काठमाडौं । एसिया कप क्रिकेटमा हिजो भएको रोमाञ्चक खेलमा अफगानिस्तानलाई २ रनले हराउँदै श्रीलंका सुपर फोरमा पुगेको छ ।

समूह ‘बी’ बाट अपराजित रहँदै श्रीलंका सुपर फोरमा पुगेको हो । हारसँगै अफगानिस्तान बाहिरिएको छ ।

समूह ‘बी’बाट श्रीलंकासँगै बंगलादेश पनि सुपर फोरमा प्रवेश गरिसकेको छ। यता समूह ‘ए’बाट भारत र पाकिस्तान सुपर फोरमा प्रवेश गरेका छन्।

प्रतिक्रिया