Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: September 7, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौं । निरन्तर तेस्रो दिन पनि सुनको मूल्य घटेको छ । सुन तोलामा आज चार सय रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार प्रतितोला एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको चाँदी बिहिबार भने तोला २० रुपैयाँले घटेर एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया