Pura Samachar

अष्ट्रेलियाले दक्षिण अफ्रिकामाथि पहिलो एकदिवसिय खेलमा जित

प्रकाशित: September 8, 2023
पूरा समाचार

अष्ट्रेलियाले दक्षिण अफ्रिकामाथि पहिलो एकदिवसिय खेलमा जित

काठमाडौं । पाहुना टोली अष्ट्रेलियाले दक्षिण अफ्रिकामाथि पहिलो एकदिवसिय खेलमा जित हात पारेको छ ।

दक्षिण अफ्रिकामा बिहीबार राती भएको खेलमा अष्ट्रेलिया ३ विकेटले विजयी भएको हो ।

जितसँगै अष्ट्रेलियाले पाँच खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।

दक्षिण अफ्रिकाले दिएको २ सय २३ रनको लक्ष्य अष्ट्रेलियाले ४० दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

अष्ट्रेलियाका लागि मार्नुस लाबुस्छेनले अविजित ८० को अर्धशतकीय ईनिङ खेले । एस्टन अगर ४८ रनमा अविजित रहे । ओपनर ट्राभिस हेडले ३३ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि ग्रेहार्ड कोट्जे र कागिसो रबडाले समान २/२ विकेट लिए ।

त्यसअघि हारेर पहिलेब्याटिङ गरेको दक्षिण अफ्रिका ४९ ओभरमा २ सय २२ रनमा अलआउट भएको थियो ।

दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बमुभाले १ सय १४ को शतकीय ईनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । मार्को यानसनले ३२ तथा एडेन माक्ररमले १९ रन बनाए ।

अष्ट्रेलियाका लागि जोस हेजलवुडले ३ तथा मार्कस स्टोईनेसले २ विकेट लिए ।

दुईबीचको दोस्रो खेल शनिबार रहेको छ ।

प्रतिक्रिया