Pura Samachar

स्रोत नखुलेको ९ लाख रुपैयाँसहित एक जना पक्राउ

प्रकाशित: September 8, 2023
पूरा समाचार

स्रोत नखुलेको ९ लाख रुपैयाँसहित एक जना पक्राउ

विराटनगर । स्रोत नखुलेको ९ लाख रुपैयाँसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ का २६ वर्षीय कृष्ण चौधरी रहेका छन्। चौधरीको साथबाट नौ लाख १७ हजार सात सात सय ५५ नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी बल मोरङले जनाएको छ ।

चौधरीलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि शुक्रबार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको सशस्त्रले जनाएको छ। बरामद भएको रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने आशंका गरिएको छ।

प्रतिक्रिया