Pura Samachar

फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलकाे विजयी सुरुआत

प्रकाशित: September 9, 2023
पूरा समाचार

फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलकाे विजयी सुरुआत

काठमाडौं । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले विजयी सुरुआत गरेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत शनिबार विहान सम्पन्न खेलमा ब्राजिलले बोलिभियालाई पराजित गरेको हो ।

ब्राजिलले बोभियालाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा रोड्रिगो र नेयमारले समान २/२, राफिन्हाले १ गोल गरे ।

राड्रिगोले २४ औं र ५३ औं तथा नेयमारले ६१ औं र दोस्रो हाफको ईन्जुरी समयमा गोल गरे ।

राफिन्हाले ४७ औं मिनेटमा गोल गरे ।

बोलिभियाका लागि भिक्टोरले ७८ औं मिनेटमा सान्त्वना गोल फर्काए ।

पहिलो खेल खेलिरहेको ब्राजिल ३ अंकका साथ शीर्ष स्थानमा छ ।

शनिबार नै भएको अर्को खेलमा उरुग्वेले चिलीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

दक्षिण अमेरिकी छनोटमा दश राष्ट्रको सहभागीता रहेको छ ।

प्रतिक्रिया