Pura Samachar

न्युजिल्यान्डको सानदार जीत

प्रकाशित: September 9, 2023
पूरा समाचार

न्युजिल्यान्डको  सानदार जीत

काठमाडौं । ओपनर डेभन कन्वे र ड्यारियल मिचेलको उत्कृष्ट शतकको सहयोगमा न्युजिल्यान्डले पहिलो ओडिआई खेलमा घरेलु टोली इंग्ल्यान्डलाई सानदार रुपमा विजयी भएको छ ।

इंग्ल्यान्डको कार्डिफमा शुक्रबार राती सम्पन्न खेलमा न्युजिल्यान्डले ८ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै चार ओडिआई खेलको सिरिजमा न्युजिल्यान्डले १(० को अग्रता लिएको छ ।

इंग्ल्यान्डले दिएको २ सय ९२ रनको लक्ष्य न्युजिल्यान्डले ४५ दशमलब ४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

न्युजिल्यान्डको जितमा ड्यारियल मिचेल र डेभोन कन्वेले शतक प्रहार गरे । मिचेलले ९१ बलमा ७ चौका र ७ छक्कासहित १ सय १८ रनको अविजित शतकीय इनिङ खेले ।

कन्वे १ सय २१ बलमा १३ चौका र १ छक्कासहित १ सय ११ रनमा अविजित शतकीय इनिङ खेले । विल योंग २९ र हेनरी निकोलस २६ रनमा आउट भए ।

इंग्ल्यान्डका आदिल राशिद र डेविड विल्लीले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि चार खेलाडीले अर्धशतक प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त भएन । कप्तान जस बटलरले ६८ बलमा ५ चौका र २ छक्कासहित ७२ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

डेविड मलान ५३ बलमा ९ चौकासहित ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।  फिनिसर लियाम लिभिङस्टोनले ४० बलमा ३ चौका र ३ छक्कासहित ५२ रनको रनको अर्धशतकीय इनिङ खेलेका थिए  ।

बेन स्टोक्सले ६९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । ह्यारी ब्रुक ४१ बलमा २ चौकासहित २५ रनमा आउट भए ।

न्युजिल्यान्डका लागि रचिन रविन्द्रले ३ तथा टिम साउथीले २ विकेट लिएका थिए । लोकी फर्गुसनको नाममा १ विकेट रह्यो ।

दोस्रो खेल आइतबार हुनेछ ।

प्रतिक्रिया