
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन शुक्रबारको तुलनामा चार सय रुपैयाँले ओरालो लागेको छ ।
आइतबार छापावाला सुनको मूल्य एक लाख ११ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ ।त्यस्तै, आज चाँदी समेत घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया