काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौंले आज ललिता निवास प्रकरणमा थुनामा रहेका गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको हो । न्यायाधीश भोलानाथ ढकालको इजलाशले गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालतले जनाएको छ।२०४९ सालदेखि २०६९ सालसम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको एक सय ४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याएको प्रहरीको दाबी छ । ललिता निवास प्रकरणको आरोपीमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री तथा पूर्वसचिवसमेत गरी तीन सय १० जना रहेका छन् ।
प्रतिक्रिया