Pura Samachar

जोकोभिचले २४ औं ग्रान्डस्लाम उपाधिको रुपमा यूएस ओपन हात पारे

प्रकाशित: September 11, 2023
पूरा समाचार

जोकोभिचले २४ औं ग्रान्डस्लाम उपाधिको रुपमा यूएस ओपन हात पारे

काठमाडौं । नोभाक जोकोभिचले युएस ओपन टेनिसको उपाधि जितेका छन् । डेनियर मेदवेदेवलाई हराउँदै जोकोभिचले २४ औं ग्रान्डस्लाम उपाधिको रुपमा यूएस ओपन हात पारेका हुन् ।

३६ वर्षका सर्वियन खेलाडीले ६–३, ७–६ (७–५), ६–३ को सेटमा मेदवेदेवलाई हराए ।

उपाधिसँगै जोकोभिचले मार्गरेट कोर्टको ५० वर्ष पुरानो २४ औं ग्रास्डस्लाम उपाधि जित्ने कीर्तिमानी बराबरी गर्न सफल भएका छन् ।

‘यसले मेरा लागि स्पष्ट रुपमा धेरैनै अर्थ राख्छ ।’ जोकोभिचले २४ औं ग्रान्डस्लाम जितेपछि भनेका छन् ।

‘म वास्तवमा यस खेलमा उच्चतम स्तरमा प्रतिस्पर्धा गर्ने आफ्नो बाल्यकालको सपनामा बाँचिरहेको छु । जसले मलाई र मेरो परिवारलाई कठिन परिस्थितीमा धेरै चिज दिएको छ ।’ उनले थपेका छन् ।

‘मैले कहिल्यै सोचेको थिएन कि म यहाँ हुनेछु । तर पछिल्लो केही वर्षमा मैले सोचेको थिए, मसँग इतिहासको एउटा अवसर छ । जब यो मेरा अघि छ त किन म यसलाई हासिल नगरु ?’ उनले भने ।

जोकोभिचले सन् २०२३ मा चार मध्य तीन ग्रान्डस्लाम उपाधि जितेका छन् । उनलाई आगामी जवनरीमा अष्ट्रेलियामा हुने उपाधि जितेर नयाँ इतिहास बनाउने अवसर छ । जुन उपाधि जोकोभिचले कीर्तिमानी १० पटक जितेका छन् ।

प्रतिक्रिया