Pura Samachar

बजार ४४.३० अकंले बढेर १९८६.९९ बिन्दुमा बन्द

प्रकाशित: September 11, 2023
पूरा समाचार

बजार ४४.३० अकंले बढेर १९८६.९९ बिन्दुमा बन्द

काठमाडौं । केहि दिन यता उतार चडाब भइरहेको सेयर बजार आज भने उचालिएको छ । निरन्तर ओरालो दिसा तिर गइरहेको सेयर बजारमा सुधार आउँदा लगानीकर्तामा उत्साह भन्दा वृद्धि टिक्ला कि नटिक्ला भन्ने डरमा देखिएको छ ।

सेयर बजार उचालिनुमा माफियाहरुको चलखेल रहेको जानकारहरुका तर्क छन् । अब दशै नजिकिदै गर्दा ठूला लगानीकर्ताहरुले आफ्नो सेयर बिगाउन यस्तो खेल खेलेको हुन सक्ने आकंलन गर्दछन् । बैंक तथा वित्तीय संस्थाहरुको लाभांशले पनि सेयर बजार सुधार तिर जान एक लगानीकर्ताले बताए ।

आज भने सेयर बजारमा उच्च सुधार देखिएको छ । सोमबार बजार ४४.३० अकंले बढेर १९८६.९९ बिन्दुमा बन्द भएको छ । आज २७८ कम्पनीको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार १३ उपसूचक नै हरियाली भएका छन् । आज बैंकिङ समूहको १.९६ प्रतिशत, विकास बैंक समूहको २.३४ प्रतिशत, फाइनान्स समूहको ३.६५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया