
काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनसँगै ‘मियो ढलेको’ बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले नेम्वाङको निधनसँगै एउटा अभिभावक गुमाएको बताएका हुन् ।
‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौं । कहिल्यै बिर्सने छैनौं । आदरणीय नेता सुवास नेम्वाङज्यू,’ उनले लेखेका छन् ।
प्रतिक्रिया