काठमाडौं । दार्चुलाबाट कञ्चनपुर सदरमुकाम महेन्द्रनगरका लागि छुटेको बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।
ना ५ ख ५१४१ नम्बरको बस गएराति बैतडीको खोड्पेमा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीले राति साढे १० बजेतिर खोड्पे बजार नजिकै बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परि आठ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा ३४ जना घाइते भएका छन् । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया