कामठाडौं । फेरी बजार उचालिएको छ । हिजो राताम्य भएको बजार आज भने सुधार आएको हो । अहिले केहि वाणिज्य बैंकहरुले लाभांश वितरण गर्ने अन्तिम तयारी गरेका छन् । यहि साता भित्र बैंकहरुले लाभांश घोषणा गर्ने तयारी गरी रहदा लगानीकर्ताले लाभांशले लोभिएको पनि आंकलन गर्ने थालिएको छ ।
सेयर बजार उचालिनुमा माफियाहरुको चलखेल रहेको जानकारहरुका तर्क छन् । अब दशै नजिकिदै गर्दा ठूला लगानीकर्ताहरुले आफ्नो सेयर बिगाउन यस्तो खेल खेलेको हुन सक्ने आकंलन गर्दछन् । बैंक तथा वित्तीय संस्थाहरुको लाभांशले पनि सेयर बजार सुधार तिर जान एक लगानीकर्ताले बताए । आज बजार ३९.४८ अकंले घटेर २००७.०६ बिन्दुमा बन्द भएको छ । बुधबार २७५ कम्पनीको ५१ लाख ४४ हजार ७२४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४९ करोड ५५ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।
आज १३ उपसूचक नै हरियाली भएका छन् । बुधबार बैंकिङ समूहको ०.९९ प्रतिशत, विकास बैंक समूहको २.८८ प्रतिशत र फाइनान्स समूहको
प्रतिक्रिया