Pura Samachar

राष्ट्रियसभा बैठक शोक प्रस्ताव पारित गरेर स्थगित

प्रकाशित: September 14, 2023
पूरा समाचार

राष्ट्रियसभा बैठक शोक प्रस्ताव पारित गरेर स्थगित

काठमाडौं । राष्ट्रियसभा बैठक शोक प्रस्ताव पारित गरेर स्थगित गरिएको छ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक असोज १२ गते दिउँसो १ बजेसम्मलाई स्थगित भएको हो।

पूर्वसभामुख समेत रहेका नेम्वाङको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण समेत गरिएको थियो। नेम्वाङको आजै पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानमा अन्त्येष्टि गरिएको छ।

राजकीय सम्मानस्वरुप नेपाल सेनाको टुकडीले अन्तिम सलामी दिएको थियो। नेम्वाङको हिन्दू र किराती परम्पराअनुसार दाहसंस्कार गरिएको हो।

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा मंगलबार बिहान हृदयघात भएपछि नेम्वाङलाई महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको थियो।

उपचार हुन नपाउँदै नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका थिए। नेम्वाङको निधनमा सरकारले आज शोक बिदा दिएको छ।

प्रतिक्रिया