Pura Samachar

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै र मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

प्रकाशित: September 15, 2023
पूरा समाचार

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै र मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं : गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही, कोशी, बागमती र गण्डकी प्रदेशका थोरै र मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

राति बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पूर्वी उत्तर प्रदेश र आसपासको क्षेत्रको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव छ।

प्रतिक्रिया