Pura Samachar

काठमाडौंमा चार जनाको हत्या

प्रकाशित: September 16, 2023
पूरा समाचार

काठमाडौंमा चार जनाको हत्या

काठमाडौं । काठमाडौंमा चार जनाको हत्या भएको छ ।

तीनकुनेस्थित गैरीगाउँको दिव्य सः मिलभित्र गएराति धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर दुई पुरुष र दुईजना महिलाको हत्या भएको हो ।

काठमाडौं प्रहरी परिसरका अनुसार धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या भएको छ । हत्या हुनेमा दोलखा घर भएका ३ जना र १ जना धनकुटाका रहेको बताइएको छ । हत्या हुनेको पहिचान खुलेको छैन ।

घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन् । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया