Pura Samachar

ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

प्रकाशित: September 16, 2023
पूरा समाचार

ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

सिन्धुपाल्चोकमा पेट्रोल बोक्ने ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो सवा १ बजे चौतारा साँगाचोकगढी नगरपालिका-९ घुमाउने डाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ।

अरनिको राजमार्गमा खाडिचौरबाट बन्देउ जाँदै गरेको ना ८ ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्यांकरले बा प्र. ०२-०३१ प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटना हुँदा मोटरसाइकल चालक पाँचपोखरी थाङपाल गाउँपालिका-१ बासखर्क बस्ने २७ वर्षीय समिर तामाङ र पछाडि सवार मेलम्ची नगरपालिका जरायोटार पाण्डेगाउँ बस्ने २७ वर्षीय निविन पाण्डेको मृत्यु भएको हो। दुर्घटना भएपछि उनीहरू गम्भीर घाइते थिए।

उपचारका लागि उद्धार गरी धुलिखेल अस्पतालमा पुर्‍याइएको थियो।उपचारको क्रममा उनीहरूको दिउँसो ३ बजे मृत्यु भएको कार्यालयले जनाएको छ।

ठक्कर दिने ट्यांकर र चालक मकवानपुर थाहा नगरपालिका-१२ बस्ने २८ वर्षीय भिमबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया