Pura Samachar

आज देशभरका स्वास्थ्य संस्था बन्द हुने

प्रकाशित: September 17, 2023
पूरा समाचार

आज देशभरका स्वास्थ्य संस्था बन्द हुने

काठमाडौँ । आज देशभरका स्वास्थ्य संस्था बन्द हुने भएका छन् ।

हेटौँडामा चिकित्सक कुटिए पछि सोको विरोधमा नेपाल चिकित्सकसंघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने भएको हो ।

संघले हिजो एक विज्ञप्ति जारी गरी मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमाचरणबद्ध आन्दोलन थालिएको संघको भनाइ छ ।

संघका अनुसार गत भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा साङ्घातिकआक्रमण भएको संघले उल्लेख गरेको छ ।

सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको तर दोषी माथि अझै कारबाहीनगरिएको भन्दै संघले आज आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्दको कार्यक्रम राखेको हो ।

प्रतिक्रिया