Pura Samachar

म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै

प्रकाशित: September 17, 2023
पूरा समाचार

म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै

काठमाडौं । इंग्लिस प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै रहेको छ ।

पाँचौ खेलमा अपराजित यात्रा कायम गर्ने क्रममा सिटीले वेस्ट हाम युनाईटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

शनिबार वेस्ट हामको घरेलु मैदान लण्डन स्टेडियम सिटीले ३-१ अन्तरले जित हात पारेको हो ।

सिटीको जितमा जिरिमे डोकु, बर्नाडो सिल्भा र एर्लिङ हालान्डले समान १/१ गोल गरे ।

यससँगै सिटीले लिगमा शतप्रतिशत जितको सिलसिला कायम राख्दै शीर्षस्थानमा छ ।

पराजित वेस्ट हाम ५ खेलमा १० अंकका साथ छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया