
काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा हरियाली आएको छ । बजार तीन दिन लगातार सुधार आएको हो ।
विशेषगरि मौद्रिक नीति मार्फत सेयर धितो कर्जामा तोकिएको १२ को सीमा हट्ने संकेत देखिएको हो । कुनै एक व्यक्ति तथा कम्पनीले सेयर धितो कर्जामा एउटा बैङ्कबाट ४ करोडसम्म लिन सक्ने तथा बैङ्क तथा वित्तीय संस्था समग्रमा १२ करोडभन्दा लिन नपाउने व्यवस्था गरिएको छ । राष्ट्र बैङ्कले मौद्रिक नीतिमा गरेको सेयर कर्जा सम्बन्धी उक्त व्यवस्थाले सेयर बजारमा नराम्रो असर पारेको छ । उक्त सिमा घट्ने संकेतले लगानीकर्तामा उत्साह आएको छ । बजार ४४.३४ अकंले बढेर २०२९.७८ बिन्दुमा बन्द भएको छ । आज २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब २९ करोड ३९ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।
बिहिबार १३ उपसूचकमा हरियाली आएको छ । आज बैंकिँ समूहको ०.८७ प्रतिशत, विकास बैंक समूहको ३.७७ प्रतिशत, फाइनान्स समूहको ४.३८ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४९ प्रतिशतले सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया