Pura Samachar

नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुदै

प्रकाशित: September 23, 2023
पूरा समाचार

नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुदै

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुने भएको छ। शुक्रबार शुुरु भएको अधिवेशन अन्तर्गत आज मतदान हुने भएको हो।

नयाँ बानेश्वरस्थित होटेल एभरेष्टमा हुने मतदानका लागि क्यानले मतदाता नामावली सार्वजनिक गरेको छ। क्यानको विधानअनुसार ८६ जना मतदाता हुने व्यवस्था छ। तर झापाबाट दुई छुट्टाछुट्टै गुटले दुई फरक प्रतिनिधि पठाएपछि क्यानले दुवैको नाम समावेश नगरी कुल ८५ मदताताको नामावली सार्वजनिक गरेको छ।

अध्यक्ष पदमा हालका अध्यक्ष चतुरबहादुर चन्द नै दोहोरिने तयारीमा छन्। उनीसँग लुम्बिनी प्रदेश उपाध्यक्ष विजयराज भण्डारीले प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। यस्तै सचिव पदमा चन्द समूहबाटै राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का उठ्दैछन्।

क्यानको चुनावी प्रक्रिया बिहान सवा ८ बजे सुरु हुने निर्वाचन समितिले जनाएको छ। ८ः४० बजे उम्मेदवारको मनोनयन, ११ः२० मा उम्मेदवारको प्रथम नामावली प्रकाशन, ११ः४० मा उम्मेदवारको मनोनयन उपर उजुरी र छानबिन त्यसपछि अन्तिम नामावली प्रकाशन र मतदान शुरु हुने तालिका तय भएको छ।

प्रतिक्रिया