Pura Samachar

महिला फुटबलमा नेपालले आज जापानको सामना गर्दै

प्रकाशित: September 25, 2023
पूरा समाचार

महिला फुटबलमा नेपालले आज जापानको सामना गर्दै

काठमाडौं : १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज जापानको सामना गर्दै छ।

खेल नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे बजेदेखि हुनेछ।। समूह डी मा रहेको नेपाल पहिलो खेलमा भियतनामसँग २-० गोल अन्तर पराजित भएको थियो।  त्यस्तै जापानले आफ्नो पहिलो खेलमा बंगलादेशलाई ८-० गोल अन्तरले पराजित गरको थियो।

फिफाको महिला टिमको वरियतामा जापान आठौँ स्थानमा रहेको छ भने नेपाल १०१औं स्थानमा रहेको छ।​ एशियन गेम्स अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल बिहीबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया