Pura Samachar

काठमाडौं डेंगु संक्रमणको ‘रेड जोन’मा

प्रकाशित: September 26, 2023
पूरा समाचार

काठमाडौं डेंगु संक्रमणको ‘रेड जोन’मा

काठमाडौं :  केही दिनयता जोर्नी दुख्ने, कडा ज्वरो आउने र टाउको दुख्ने लक्षण  लक्षण लिएर अस्पताल पुग्ने बिरामीहरु बढ्दै गएको पाइएको छ। यसरी अस्पताल पुग्नेमा केहीमा डेंगु संक्रमण पुष्टि भए पनि केहीमा भाइरल ज्वरो हुने गरेको पाइएको छ।

टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो एक हप्ता यता काठमाडौंमा डेंगुका बिरामी समेत अस्पतालमा बढ्दै गएको अस्पताले जनाएको छ। अस्पतालका अनुसार  अस्पतालको आकस्मिक कक्षमा दैनिक ५ देखि ७ जना सम्म डेंगुका बिरामी उपचारका लागि पुग्ने गरेका छन्।   ओपिडीमा सेवा लिन पुग्ने  बिरामी पनि बढेका छन।अस्पतालका अनुसार दैनिक २ सय जना सम्म बिरामी ओपिडीमा डेंगुको जस्तै लक्षण लिएर पुग्ने गरेका छन्।

टेकु अस्पतालका ओपिडी इन्चार्ज शंकर पाण्डेका अनुसार भाइरलका बिरामीका साथै दैनिक डेंगुका बिरामी पुष्टि हुने संख्या बढ्दै गएको बताए। ‘एक हप्ता यता   जोर्नी दुख्ने, कडा ज्वरो आउने र टाउको दुख्ने लक्षण  लिएर ओपिडीमा आउने बिरामी बढ्दै गएका छन यसरी उपचारमा आउनेलाई केहीमा डेंगु पुष्टि भएको छ भने केहीमा भाइरल संक्रमण जस्तो देखिने गरेको छ’ इन्चार्ज पाण्डेले भने।

टेकु अस्पतालमा मात्रै होइन ललितपुर स्थित पाटन अस्पतालमा पनि यो हप्ता यस्तै लक्षण लिएर जाने बिरामीको संख्या क्रमश बढ्दै गएको छ। अस्पतालका निर्देशक डा रवि शाक्यका अनुसार यही मौसममा गत बर्ष जस्तो बिरामी धेरै नभए पनि एक हप्ता यता अलि बिरामी बढेको छन। ‘सामान्य तया यो मौसममा भाइरलका बिरामी बढ्छन गत बर्ष जस्तै त छैन तर अन्य बेला भन्दा अलि बिरामी बढेका छन जसमा डेंगुका बिरामी पनि रहेका छन’ डा शाक्यले भने।

गत बर्ष काठमाडौं उपत्यकामा यही मौसममा डेंगु संक्रमणका बिरामी धेरै देखिएको भए पनि यस पटक डेंगु र भाइरल ज्वरोका बिरामीसँग संगै देखिदा अस्पतालमा बिरामी बढ्दै गएको बताउछन् टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ तथा अस्पतालका रिसर्च युनिटका प्रमूख डा शेर बहादुर पुन।

‘एक हप्ता एता मेरो ओपिडीमा आउने बिरामी धेरैमा डेंगु संग मिल्ला जुल्ला लक्षण लिएर आउने बिरामी बढेका छन यसरी आएका बिरामी केहीमा डेंगु पुष्टि भएको छ भने केहीमा डेंगु देखिएको छैन जसले गर्दा केहीमा भाइरल संक्रमण भएको अनुमान गर्न सकिन्छ’ डा पुनले भने ‘ यस्ता समस्या लिएर आउनेमा प्राय दिर्घरोगी, बालबालिका तथा जेष्ठनागरिक उमेर समूहका हुनुहुन्छ।‘

यस पटक काठमाडौंमा डेंगु पुष्टि भएका अधिकाशं बिरामीमा दोहोरिएर डेंगु देखिएको हुँदा संक्रमित भएका प्रायमा कडा खालको लक्षण देखिएको समेत डा पुनले बताए। ‘गत बर्ष पनि डेंगु संक्रमण भएकालाइ यस बर्ष पनि दोहोरिएर भएको पाइएको छ’ उनले भने।

एकै खालका लक्षण देखिएर आएका बिरामीमा डेंगु पुष्टि नभएकालाई भाइरल संक्रमण मात्रै हो भनेर बस्न नहुने समेत उनले बताए। ‘ अस्पतालमा आएका आधा भन्दा बढीमा परिक्षण गर्दा डेंगु संक्रमण देखिएको छैन तर उनीहरुमा डेंगु जस्तै लक्षण देखिएको छ डेंगु र चिकेनगुनियाको एकै खालको लक्षण हुने हुँदा उनीहरुमा चिकेन गुनियाको संका गर्न सकिन्छ’ डा पुनले भने।

यस भन्दा अगाती सन् २०१३ मा यस्तै भाइरल संक्रमणका बिरामी बढ्दा परिक्षण गर्दा नेपालमा चिकेन गुनियाका संक्रमण भएको पुष्टि भएको थियो।

काठमाडौं डेंगुको रेड जोनमा पुग्यो

यता अस्पतालमा डेंगुका केशहरु रिपोट हुने दर बढ्दै जादा उपत्यकामा संक्रमितको संख्या पनि बढेको  छ।

पछिल्लो हप्ता काठमाडौं उपत्यकामा डेगु संक्रमण बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङकले देखाएको छ। एक हप्ता अघि सम्म ५ सय भन्दा कम रहेको डेंगु संक्रमण हाल काठमाडौंमा ५ सय ८० जना पुगि सकेको छ। जसले गर्दा काठमाडौं डेंगु संक्रमणको ‘रेड जोन’मा परेको छ। कुनै पनि जिल्लामा ५ सयभन्दा धेरै संक्रमित भेटिएमा उक्त जिल्ला संक्रमणको ‘रेड जोन’ मा रहेको मान्ने गरिन्छ।

यस्तै हाल ललितपुर र भक्रपुरमा क्रमश २०५ र २०४ जना संक्रमित रहेका छन। भने देशभर डेंगु संक्रमितको संख्या २९ हजार ४६८ जना पुगेको छ। यस्तै यो बर्ष १५ जना संक्रमितको डेंगुकै कारण मृत्यु भइसकेको छ।

अघिल्लो बर्ष काठमाडौं उपत्यकामा डेंगुले महामारीकै रुप लिएको थियो। साउनदेखि फैलिउको डेंगु असोज र कात्तिको दोस्रो हप्तामा तिब्ररुपमा डेंगुको केश रिपोट भएको थियो। थियो। त्यो बेला ५४ हजार ७८४ जना डेंगुबाट संक्रमित भएका थिए। संक्रमणकै कारण ८८ जनाले ज्यान गुमाएका थिए। जसमा अधिकाशं संक्रमित उपत्यकाका थिए।

 

प्रतिक्रिया