Pura Samachar

सुनको मूल्य घट्दाे

प्रकाशित: September 26, 2023
पूरा समाचार

सुनको  मूल्य घट्दाे

काठमाडौं। सुनको कारोबार मूल्य प्रतितोलामा ४ सय रुपैयाँले घट्दा चाँदीको भाउ पनि ३० रुपैयाँले सस्तिएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको छ।

आइतबार र सोमबार सुन प्रतितोला १ लाख १२ हजार २०० मा स्थिर रहेर कारोबार भएको थियो। गत शुक्रबार १ लाख १२ हजार १०० रुपैयाँ थियो।

सुनको मूल्य गत मंगलबार १ लाख १३ हजार पुगेको थियो। जुन चालु महिनाकै उच्च थियो। त्यसयता क्रमिक घट्दै छ। तर फराकिलो अंकमा भने सुनको मूल्य कमजोर भएको छैन।

चाँदी प्रतितोला १४ सय भएको छ। चालु महिना यो तुलनात्मक रुपमा केही सस्तो हो। आइतबार र सोमबार तोलाको १४ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

‍अन्तर्राष्ट्रिय बजारमा सोमबार प्रतिऔंस १९२२.८८ डलर रहेको सुन घटेर १९१४.०९ डलरले कारोबार भइरहेको छ। सोमबार प्रतिऔंस २३.४९ डलर रहेको चाँदी मंगलबार २२.९४ डलरले कारोबार भइरहेको छ।

प्रतिक्रिया