Pura Samachar

यू–१९ साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र पाकिस्तान आज भिड्दै

प्रकाशित: September 30, 2023
पूरा समाचार

यू–१९ साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र पाकिस्तान आज  भिड्दै

काठमाडौं । यू–१९ साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र पाकिस्तान आज शनिबार भिड्दैछन् ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

प्रि–म्याच कन्फरेन्समा शुक्रबार दुवै टोलीका कप्तान तथा प्रशिक्षकले फाइनलमा उत्कृष्ट खेल प्रर्दशन गर्दै उपाधि जित्ने दाबी गरेका थिए ।

पाकिस्तान पहिलो पटक उमेर समुहको प्रतियोगितामा फाइनल पुगेको हो ।

दुवै टिमले सडनडेथको साहारामा नतिजा निकाल्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

पाकिस्तानले भुटान र भारतले सेमिफाइनलमा आयोजक नेपाललाई हराउँदै फाइनल प्रवेश गरेका थिए ।

प्रतिक्रिया